नियम १५
पहिले खरिद भएका पशुधनको सुरक्षण हुन सक्ने
: यो नियमावली प्रारम्भ हुनुभन्दा एकानब्बे दिन अघिसम्म सदस्य संस्थाबाट कर्जा लिई खरिद गरिएका पशुधन सुरक्षण गर्नको लागि क्रणीले यस नियमावली बमोजिमको प्रक्रिया पूरा गरी सदस्य संस्था मार्फत कोषलाई अनुरोध गरेमा कोषले त्यस्ता क्रणीको पशुधनको यस नियमावली बमोजिम सुरक्षण गर्न सक्नेछ ।